काठमाडौं ।
नेपाल–बंगलादेश जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक काठमाडौँमा शुरु भएको छ ।
झन्डै १५ वर्षपछि नेपाल र बंगलादेश बीच जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक बसेको हो । अघिल्लो बैठक सन् २००८ को फेब्रुअरी २६ देखि २९ सम्म भएको थियो ।
दुईदिन चल्ने बैठकमा जलश्रोतको उपयोग तथा बाढी नियन्त्रण सम्बन्धी मुख्य एजेण्डामा छलफल हुने बताइएको छ। बैठकमा नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका सचिव सागर राई तथा बंगलादेशको तर्फबाट जलस्रोत मन्त्रालयका वरिष्ठ सचिव कवीरविन अनवरले नेतृत्व गरेका छन् ।
बैठकमा जलवायु परिवर्तनको मुद्दा एवं जल तथा मौसम सम्बन्धी तथ्यांकहरुको आदान–प्रदानका विषयमा पनि छलफल हुने बताइएको छ ।














