काठमाडौं ।
साउन १६ गते एमालेले जनप्रदर्शन गर्ने भएको छ । एमालेले महंगी र भ्रष्टाचारबिरुद्ध काठमाडौंमा प्रदर्शन गर्न लागेको हो ।
बिहीबार बिहान पार्टी कार्यालय च्यासलमा उपत्यकाका तीनवटै जिल्ला कमिटी, उपत्यका विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी र जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिसहितको बैठकमा जनप्रदर्शनलाई भव्य र व्यापक बनाउन निर्देशन दिएको छ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित बैैठकमा महासचिव शंकर पोखरेलले साउन १६ गते आयोजना गरिएको जनप्रदर्शनमा कम्तीमा ४० हजार मानिस सहभागी गराउने गरी सिंगो शक्तिपरिच उपत्यकास्थित पार्टी कमिटी र जनसंगठनलाई निर्देशन दिए । सिंगो शक्ति परिचालन गरी बढीभन्दा बढी जनतालाई सडकमा ल्याउन सवै जनसंगठन र उपत्यकाभित्र रहेका सवै पार्टी कमिटीले बिशेष ध्यान दिनुपर्नै महासचिव पोखेलले बताए ।
आन्दोलन परिचालन कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठले साउन १६ को जनप्रदर्शन बिशेष रहेकोले उपत्यकाका सवै जनतालाई उतार्न अभियान चलाइएको बताए । नेकपा एमाले आन्दोलन परिचालन कमिटीको बिस्तारित बैठकमा बोल्दै एमाले स्थायी कमिटी सदस्यसमेत रहेका संयोजक श्रेष्ठले महंगीबिरुद्धको जनप्रदर्शनलाई सवैको साझा बनाएर अघि जाने योजनासमेत रहेको बताए ।