जापानमा बाँदर आतंक, मान्छेलाई आक्रमण गर्न थालेपछि गोली हान्न थालियो

केन्द्रभाग मिडिया

एजेन्सी।

जापानमा बाँदरले आतंक मच्चाएको छ ।

आतंकित बाँदरहरुले जापानी सहरका बासिन्दाहरू आक्रमण गर्न थालेपछि जापानी अधिकारीहरुले बाँदरहरूको गिरोह माथि गोली हान्न थालेको समाचार एजेन्सीहरुले जनाएका छन् । । बाँदरको समूहले झण्डै ५० जनालाई घाइते बनाएको बताइएको छ ।

करिब ३ साताअघिदेखि वयस्क र बालबालिकामाथि बाँदरले आक्रमण सुरु गरेको हो। बाँदरले हल्का चिर्तोनेदेखि टोक्ने गरेको जनाइएको छ ।सुरुमा केटाकेटी र महिलालाई मात्र आक्रमण हुने गरेकोमा बाँदरले पछिल्ला दिनमा वृद्ध र वयस्क पुरुषहरूलाई पनि निशाना बनाएको प्राप्त विवरणमा जनाइएको छ ।

  • १२ श्रावण २०७९, बिहीबार ०९:०० प्रकाशित