वैशाख यता मात्रै चट्याङबाट ५५ जनाको मृत्यु : नेपालमा चट्याङको जोखिम कति छ ?

केन्द्रभाग मिडिया

मनसुन सिजन सुरु भएसँगै चटङयाबाट ज्यान गुमाउनेको संख्या पनि दिनप्रतिदिन बढीरहेका छ ।

२०७९ सालको वैशाख यता मात्रै चट्याङ लागेर देशभर ५५ जनाले ज्यान गुमाएको विपद् व्यवस्थापन प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ।यस्तै १४४ जना घाइते भएको तथ्याङ्कमा उल्लेख छ।

नेपालमा चट्याङका कारण प्रत्येक वर्ष सरदर १०० जनाभन्दा बढी मानिसको मृत्यु हुन्छ भने ३०० जनाजति घाइते हुने गर्छन् । हालै गरिएको एउटा अध्ययनले चट्याङको दृष्टिकोणबाट नेपाल संसारको चौथो उच्च जोखिमयुक्त मुलुक भएको देखाएको छ।

चट्याङका कारण ठूलो जनधनको क्षति हुने गरेपनि सम्बद्ध निकायको बेवास्ता र जनचेतनाको अभावका कारण जोखिम कम गर्न नसकिएको विज्ञहरूको भनाई छ।

यसैबीच मौसम पूर्वानुमान महाशाखाले आज (बुधवार)र भोलि(बिहीवार) चट्याङ पर्न सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ।बुधवार दिउँसो र राति थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

चट्याङबाट हुने क्षतिबाट जोगिन यी उपाय अपनाउन सकिन्छ ।
-चट्याङप्रतिरोधी घर निर्माणः घरमाथि तामाको त्रिशूल वा रड राखेर त्यसलाई जीआई पाताले जोडेर घरमुनि माटोमा लगेर गाड्ने र त्यहाँ -त्यसलाई तामाको पाताले जोड्ने
-चट्याङ परेको समयमा अग्लो ठाउँ वा अग्ला टावरनजिक नबस्ने र अग्ला रूखमुनि ओत नलाग्ने
-धातुको तारबारनजिक नबस्ने
-समथर र खुला ठाउँमा नबस्ने
-भूमि र बादलको दूरी कम भइरहने पहाडी भूभागमा सतर्क रहने
-चट्याङ परेको बेला विद्युतीय सामग्री र तारजडित टेलिफोन प्रयोग नगर्ने
-छत नभएको सवारीसाधनमा भए तुरुन्त सुरक्षित स्थानमा जाने।

  • ११ श्रावण २०७९, बुधबार १५:१४ प्रकाशित