महंगीविरुद्ध थाल ठटाएर प्रदर्शन

केन्द्रभाग मिडिया

काठमाडौंमा महंगीविरुद्ध थाल ठटाएर प्रदर्शन भएको छ ।

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महंगीविरुद्ध बुधवार राजधानीमा थाल ठटाएर प्रदर्शन गरेको हो ।महिला संगठनका कार्यकर्ताले राजधानीको भृकुटीमण्डपदेखि भद्रकालीसम्म थाल ठटाएर प्रदर्शन गरेका थिए ।

उनीहरुले पछिल्लो समयमा सर्वसाधारण जनता महंगीका कारण मारमा परेको भन्दै उक्त समस्याको तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।आज देशैभर राप्रपा समर्थित महिला संगठनले विरोध प्रदर्शन गरिरहेको छ ।

  • ११ श्रावण २०७९, बुधबार १४:०५ प्रकाशित