नयाँ उद्योग थपिन जरुरी छ : उद्योगमन्त्री बडू

केन्द्रभाग मिडिया

काठमाडौं ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकमा नयाँ उद्योगहरु थपिन जरुरी रहेको बताएका छन् ।देशले यतिबेला आर्थिक संकट भोगिरहे भन्दै कटको एकमात्र निकास उद्योगधन्दाहरूको बढोत्तरी रहेको बताएका हुन् ।

जनकपुरधाम उद्योग वाणिज्य संघद्वारा जनकपुरमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘अहिले जुन संकटको अवस्था छ, त्यो आयातमा निर्भर हुने अवस्था भएकाले हो’, उनले भने, ‘त्यसको समाधानका लागि कृषि र पर्यटनलाई अगाडि बढाउनुपर्ने कुरा छँदैछ । त्यसका अलावा उद्योगधन्दाहरू बढाउनुपर्ने अवस्था छ ।’

नेपालमा हाल जे जति उद्योग चलिरहेका छन्, ती पनि आफ्नो क्षमताअनुसार नचलेको उद्योगमन्त्री बडूले बताए । उनले भने, ‘५० देखि ६० प्रतिशत उद्योगमात्रै आफ्नो क्षमताअनुसार चलिरहेका छन् । ती उद्योग पूर्ण क्षमतामा चल्न जरुरी छ ।’

नयाँ उद्योगहरू अझ खुल्न जरुरी रहेको भन्दै उनले यसका लागि निजी क्षेत्र अगाडि बढ्न जरुरी रहेको बताए ।

  • ११ श्रावण २०७९, बुधबार १३:४९ प्रकाशित