काठमाडौं ।
भूमि, व्यवस्था तथा सहकारी मन्त्री शशी श्रेष्ठले प्रक्रिया मिचेर आफ्नै नन्दलाई सरकारी नियुक्ति दिएकी छिन् ।
मन्त्रालय अन्तर्गतको साझा स्वास्थ सेवा सहकारीको सञ्चालक समिति सदस्यमा आफ्नै नातामा नन्द पर्ने उर्मिला पोखरेललाई मन्त्री स्तरीय निर्णय गरेर नियुक्ति दिलाएकी हुन् ।
सरकारी सेवाबाट दुई वर्ष अघि मात्र सेवा अवकास पाएकी उर्मिलालाई मन्त्री श्रेष्ठले सहोदर दाइ श्याम श्रेष्ठ सल्लाहकार रहेको विकल्प सहकारी संस्थाबाट ‘नक्कली’ अनुभवपत्र बनाउन लगाएर नियुक्त गरेपछि उनको आलोचना भएको छ ।














