कास्की ।
कास्कीको पोखरा महानगरपालका स्थित लेखनाथमा रहेको रुपातालमाथि झोलुङ्गे पुल निर्माण गरिएको छ । पर्यटकलाई आकर्षित गर्न तालमाथि २ सय ६९ मिटर लामो झोलुङ्गे पुल बनाइएको हो ।
गण्डकी प्रदेश सरकारको १ करोड ३६ लाख ९६ हजार रुपैयाँ लगानीमा उक्त पुल बनेको हो । पुलले महानगरपालिका वडा नम्बर ३१ र रुपा गाउँपालिका वडा नम्बर–६ को सिमलटुँडालाई जोडेको छ ।
पुल निमार्णपछि रुपा गाउँपालिका ६ का स्थानीय बासिन्दा निकै खुशी भएका छन् । पुल बनेसँगै उनीहरुलाई आउजाउ गर्न सहज भएको छ ।
पुल बनेसँगै आन्तरिक पर्यटक ह्वात्तै बढेको स्थानीयले बताएका छन् । आन्तरिक पर्यटकहरु टिकटक बनाउन र फोटो खिच्नका लागि त्यहाँ पुग्ने गरेको हुन् ।















