काठमाडौं ।
फिलिपिन्सको डोलोरेस नजिक शक्तिशाली भूकम्प गएको छ । ७.१ म्याग्निच्युडको भूकम्प गएको समाचार एजेन्सीहरुले जनाएका छन्। राजधानी मनिलामा समेत भूकम्पको कडा धक्का महसुस गरिएको समाचारमा उल्लेख गरिएको छ ।
अमेरिकी भौगर्भिक सर्वेले ७।१ म्याग्निच्युटको भूकम्प गएको जनाएपछि कतिपयले ७।३ म्याग्निच्युट रहेको उल्लेख गरेका छन् ।
भूकम्पले भएको क्षतिको विवरण आइसकेको छैन । यद्यपि सुनामी आउन सक्ने भएकाले सतर्कताको सूचना जारी गरिएको छ ।