एजेन्सी ।
टर्किस एयरलाइन्स कम्पनीको सनएक्सप्रेसकी एक कर्मचारीले खानामा सर्पको टाउको भेटाएकी छिन् । उडिरहेको विमानमा खाना खाएर सकिनै लाग्दा उक्त कर्मचारीले आफ्नो खानामा सर्पको टाउको भेटेकी हुन् ।
गत हप्ता टर्कीबाट जर्मनी जाँदै गरेको विमानमा खानामा सर्पको टाउको भेटिएको हो । जुलाई २१ तारिखमा विमानका कर्मचारी टर्कीको राजधानी अंकाराबाट जर्मनीको डसेलडोर्फ जानका लागि बिहानैदेखि आफ्नो कार्यक्षेत्रमा खटिएका थिए ।
उडिरहेकै बेला चालक दलका सदस्य ब्रेकफास्ट गर्ने क्रममा एक कर्मचारीको खानामा सर्पको टाउको भेटिएको हो । खानामा ड्रिङ्क, सलाद, ब्रेड रोल र हरियो सागको तातो झोल रहेकोमा सलाद र सागको बीचमा सर्पको टाउको थियो । उक्त सर्पको टाउको ठूलो अंगुरको आकारको थियो ।
सन एक्सप्रेसले क्याटरिङ कम्पनीसँग सम्झौता रद्द गरेको जानकारी दिएको छ ।
https://twitter.com/DidThatHurt2/status/1551743925047754752?cxt=HHwWgIC8rZu484grAAAA