भारत।
भारतको गुजरातमा घरेलु मदिरा पिउँदा कम्तिमा पनि २६ जनाको निधन भएको छ । ४० जनाभन्दा धेरै अस्पताल भर्ना भएका छन । गुजरातमा मदिरा निषेधित भए पनि गाउँमा घरेलु मदिरा पिउँदा उनिहरुको निधन भएको गुजरात प्रहरीले जनाएको छ ।
गुजराजको बोटाद जिल्लामा रक्सी खाएकाहरु बिरामी परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन । प्रहरीले रक्सी बनाउने र बेच्ने ५ जनालाई पक्राउ गरेको छ ।