करातेका दुई प्रशिक्षक सामुहिक बलात्कारको आरोपमा पक्राउ

केन्द्रभाग मिडिया

करातेका दुई प्रशिक्षक सामुहिक बलात्कारको आरोपमा पक्राउ

करातेका दुई प्रशिक्षक किशोरीमाथि सामुहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् ।

१९ वर्षीया किशोरी बलात्कारको अभियोगमा प्रशिक्षकहरु सुरज स्वेदी र विनोद राउतलाई प्रहरीले पक्राउ गरेको हो ।

राउत राष्ट्रिय खेलकुद परिषद मोरङका प्रशिक्षक हुन् भने सुवेदी संखुवासभाका प्रशिक्षक हुन् ।

पीडित किशोरीले आफुलाई होटलमा लगेर सामुहिक बलात्कार गरेको उनीहरुमाथि आरोप लगाउँदै किटानी जाहेरी दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

  • १० श्रावण २०७९, मंगलवार १४:२९ प्रकाशित