काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले रिक्त रहेका मध्ये केही देशका लागि राजदुत नियुक्त गरेकी छिन् ।
भण्डारीले स्पेनका लागि डा।.शर्मिला पराजुली, मिलनराज तुलाधर रूसी महासंघका लागि नेपालको आवासीय राजदूत, प्रा.डा. राम स्वार्थ राय डेनमार्कका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी छिन् ।
यस्तै भारतका लागि नेपालको आवासीय राजदूत डा. शंकरप्रसाद शर्मालाई भुटानका लागि समेत गैरआवासीय नेपाली राजदूत नियुक्त गरिएको छ ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा पराजुलीलाई राजदूत पदमा नियुक्त गरेकी हुन् ।














