गुरुङको सांसद कोषको रकमबाट पोखरा २८ अचमारामा ‘एक घर एक धारा’

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिका– २८ अचमारामा एक घर एक घारा कार्यक्रम सम्पन्न भएको छ । प्रदेश सरकारको सहयोगमा लिफ्टिङ प्रविधि मार्फत आधारभुत खानेपानी घरघरमा पुर्याइएको हो । कास्की क्षेत्र नं १ प्रदेश ख सांसद गायत्री गुरुङले गएको आर्थिक वर्षमा सांसद विकास कोषको रकम अचमारा खानेपानी आयोजनामा रुपैया बिनियोजन गरेकी थिइन् ।

सांसद विकास कोषबाट प्राप्त १० लाख र उपभोक्ता समितिबाट १ लाख ७५ हजार ७७२ लगानीमा आयोजना सम्पन्न भएको उपभोक्ता समिति अध्यक्ष दुधराज तिवारीले जानकारी दिए । खानेपानी अयोजनाबाट २५० जनसंख्या लाभान्वीत भएको तिवारीले जानकारी बताए ।
अचमाराका स्थानीयले धरापानीमा रहेको पानीको मुहानबाटै डोकोका बोकेर खानेपानीको आवश्यकता पुरा गदै आएका थिए । अहिले सोही मुलको पनी लिफ्टीङ प्रविधि मार्फत २५० मिटर माथी तानेर घरघरमा वितरण गरिएको हो । पानी तान्नको लागि तीन हर्जपावरको मोटर जडान गरिएको छ ।

पानीको मुल नजिकै ३० हजार लिटरको टंकी र मोटरमार्फत बस्तीको माथी तानेको पनी जम्मा गर्न २० हजार लिटरको टंकी निर्माण गरिएको छ ।स्थानीयले आफ्नै लगानीमा २०७३ सालमा लिफ्टिङ प्रविधि मार्फत खानेपानी घरघर पुर्याउने प्रयास गरे पनि विविध समस्या झेल्दै आएका थिए । प्रदेश सरकार अन्तरगतको पूर्वाधार विकास कार्यालय कास्की मार्फत आर्थिक र प्राविधिक सहयोग प्राप्त भए पछि अहिले आयोजनाले पुनरजीवन पाएको छ ।

बिहान र बेलुका एक एक घण्टा पानी लिफ्टिङ गरिने छ । पानी लिफिटङको लागि २५ घरघुरीले पालो लगाएका छन् । धारामा २४ सै घण्टा पानी आउदा स्थानीय खुशी भएका छन् । स्थानीय उपभोक्ता रामचन्द्र तिवारीले घारामा निरन्तर पानी आए पछि स्थानीय उत्पादनमा समेत बृद्धि हुने र गाउँमा आर्थिक गतिबिधि चलायमान हुने विश्वाश व्यक्त गरे ।

खानेपानी अयोजनाको उद्याटन गदै सांसद गुरुङले ग्रामिण बस्तिमा खानेपानीको समस्या बुझेर आफुले सांसद विकास कोषको रकम बिनियोजन गरेको बताइ । २४ सै घण्टा पानीकोको आपुर्ती हुने भए पछि स्थानीयले पानीको अधिकतम प्रायोग गरी आफुलाई उत्पादनसंग जोड्न सक्नुपर्ने गुरुङको भनाई थियो ।

कार्यक्रममा पोखरा महानगर–२८ का निर्वातमान वडा सदस्य विष्णु प्रसाद तिवारी, माआवादी केन्द्र पोखरा महानगर सदस्य सूर्यप्रकाश तिवारी, माओवादी केन्द्रका वडा अध्यक्ष यज्ञ प्रसाद तिवारी, नेपाली कांग्रेसका वडा सचिव जिवन तिवारी, खाल्टे खानेपानी आयोजनाका अध्यक्ष लालमोहन तिवारी लगायतले बोलेका थिए ।

गण्डकी प्रदेश सरकारले एक घर एक घारा कार्यक्रम संचालनमा लायाएको छ । अन्य स्रोतबाट पानी उपलब्ध हुन नसक्ने स्थानमा लिफ्टििङ प्रविधि मार्फत आधारभुत खानेपानीको आपुर्ती गर्ने सरकरको निती रहेको छ ।

  • १० श्रावण २०७९, मंगलवार ११:५७ प्रकाशित