काठमाडौं ।
अर्थमन्त्री छानबिन प्रकरणमा छानबिन तीव्र बनेको छ ।
नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले बजेट घोषणाको अघिल्लो दिन जेठ १४ गतेको सीसीटीभी फुटेजबारेको रिपोर्ट संसदीय विशेष छानबिन समितिलाई दिएको छ । प्रयोगशालाले सोमबार समितिलाई रिपोर्ट दिएको हो ।
स्रोतका अनुसार सिलबन्द रहेको रिपोर्ट मंगलबार बिहान समितिको बैठकमा खोलिनेछ । समितिले अर्थ मन्त्रालयबाट सीसीटीभी फुटेज मागे पनि जेठ १४ को फुटेज नपाएपछि ‘रिकभर’का लागि प्रहरीको फरेन्सिक ल्याब पठाएको थियो ।
बजेट निर्माणमा करको दर हेरफेर गर्न अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा समितिले अहिलेसम्म कुनै प्रमाण फेला पार्न सकेको छैन ।














