प्रेस युनियनको गण्डकी उपाध्यक्षमा ऋषिकान्त पौडेल

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल प्रेस युनियनको गण्डकी उपाध्यक्षमा पोखरामा रहेर पत्रकारिता गर्दै आएका पत्रकार ऋषिकान्त पौडेल विजयी भएका छन् ।

अर्का प्रतिष्पर्धी तनहुँका ओमकार आचार्यलाई हराउँदै पौडेल उपाध्यक्षमा निर्वाचित भएका हुन् । हेटौंडामा सम्पन्न युनियनको नवौं महाधिवेशनबाट गण्डकी प्रदेशको तर्फबाट कान्तिपुर टेलिभिजनकर्मी पौडेल निर्वाचित भएका हुन् ।

युनियनको विधान अनुसार ७ प्रदेशबाट ७ जना उपाध्यक्ष निर्वाचित हुनुपर्ने प्रावधान छ ।

प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन् ।

  • ९ श्रावण २०७९, सोमबार १३:४६ प्रकाशित