काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पैसा नहुने र अनेक खालका तिकदम गर्न नजाने चुनाव जित्न नसकिने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ९ औं स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष प्रचण्डले चुनावमा खर्च गर्न नसक्नेले र अनेक खालका तिकदम गर्न नजान्नेले चुनाव नजित्ने बताएका हुन् ।
उनले २०६४ को चुनावमा माओवादीबाट जो उठेपनि जित्ने अवस्था रहेको बताउँदै अब त्यस्तो अवस्था नरहेको बताए ।उनले भने, ‘निर्वाचन प्रणाली सुरुमा त क्रान्तिको रापताप हुँदाखेरि जो उठेपनि जित्ने जस्तो भएको थियो २०६४ को चुनावमा माओवादी भनेर उठाइदिएपछि जितिहाल्ने जस्तो भएको थियो । अहिले त्यस्तो छैन । अब धेरै पैसा खर्च गर्न सकेन भने अनेक खालका तिकदम गर्न जानेन भने चुनाव जितेर आउन धेरै नै गाह्रो छ ।’
उनले चुनावमा खर्च गरेको पैसा मन्त्री भएपछि असुल्ने गरेको समेत खुलाए ।














