काठमाडौं ।
भक्तपुरको सल्लाघारीमा सल्लाको रुख ढल्दा गुडिरहेको बस र स्कुटरलाई किचेको छ । दुर्घटनामा परेर १५ जना घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
काठमाडौंबाट भक्तपुरको दुधपाटीतर्फ जाँदै गरेको बा। २ ख ३५८४ नम्बरको मिनिबस र बा।६१ प ३९७८ नम्बरको स्कुटरलाई रुखले किचेको प्रहरीले जनाएको छ।














