नागरिकता विधेयकमा भीम रावलको आपत्ति : भने ‘सरकारले छल गर्‍यो’

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमाले सांसद भीम रावलले सरकारले ल्याएको संशोधित नागरिकता विद्येयकमा आपत्ति जनाएका छन् ।

आज संसदमा बोल्दै रावले नागरिकतामा सरकारले छल गरेको बताए । नागरिक विधेयकमाथि संशोधन प्रस्ताव राखेका रावलले सरकारले सम्बन्धित समितिमा नपठाइ पारित गर्न खोज्नु छल भएको बताएका हुन् ।

‘यो छलफल होइन छल हो । नागरिकता जस्तो संवेदनशील विषयमा छल गर्नु निन्दनीय छ । देशको दीर्घकालीन विषयसँग गाँसिएको नागरिकता जस्तो संवदेशनशील विषयलाई समितिमा नपठाई जबरजस्ती अघि बढाइनु लोकतन्त्रको उपहास हो र निरंकुशता हो,’ रावलले भने

रावले संसारमा कहीँ पनि नागरिकता खुकुलो नहुने बताए। उनले थपे,‘संविधान निर्माणको समयमा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले निश्चित समयावधि ५ वा ७ वर्ष नेपालमा निरन्तर रूपमा बसोबास गर्नुपर्ने भनि प्रमुख राजनीतिक दलका नेताहरुले गरेको सहमतिविपरीत राज्य व्यवस्था समितिले निर्णय गरी सात वर्ष प्रावधानलाई हटाउनु सहमतिको धज्जी उडाउँदै राष्ट्रप्रति बेइमानी गरेको ठहर्छ र यो राजनीतिक अनैतिकता पनि हो ।

  • ६ श्रावण २०७९, शुक्रबार १५:४९ प्रकाशित