निष्पक्ष पत्रकारिताबाट मात्रै लोकतन्त्र बलियो : देउवा

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले निष्पक्ष पत्रकारिताले मात्रै लोकतन्त्र बलियो हुने बताएका छन् ।

नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनलाई हेटौंडामा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पत्रकारिता क्षेत्र थप जिम्मेवार र उत्तरदायी रहन आवश्यक रहेको भन्दै निष्पक्ष पत्रकारिताको माध्यमबाट मात्रै नेपालको लोकतन्त्र बलियो हुने उनले बताए ।

हरेक परिवर्तनमा प्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनले कोरोनाकालमा नेपालको सञ्चार क्षेत्रले निभाएको भूमिकाको प्रशंसा गरे । निष्पक्ष र स्वतन्त्र पत्रकारितासँगै पत्रकारिता क्षेत्रले नयाँ नयाँ प्रविधिलाई पनि ग्रहण गर्दै अघि बढ्नुपर्ने उनले बताए ।

यस्तै देउवाले सरकार छिट्टै प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने तयारीमा रहेको बताए ।

  • ६ श्रावण २०७९, शुक्रबार १४:११ प्रकाशित