महोत्तरी ।
महोत्तरीमा जेलबाट रिहा भएको १ महिनामा भतिजले काकाको हत्या गरेका छन् ।
पिपरा गाउँपालिका–५ बस्ने ५६ वर्षीय रामबहादुर दासको हत्या गरेको आरोपमा उनका भतिज ४५ वर्षका रामनाथ दासलाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो (बिहीबार) दिउँसो बगैँचामा बसिरहेका रामबहादुरलाई कोदालोले हिर्काएर रामनाथले हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । रामनाथ यसअघि कर्तव्य ज्यान मुद्दामा ७ वर्ष जेल बसेर निस्केका हुन् ।














