काठमाडौं ।
राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको पन्ध्रौँ राष्ट्रपतिमा निर्वाचित द्रौपदी मुर्मूलाई बधाई तथा शुभकामना दिएका छन् ।
राष्ट्रपति भण्डारीले ट्विटमार्फत शुभकामना दिँदै मुर्मुको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरेकी छिन् ।

यस्तै, प्रधानमन्त्री देउवाले पनि राष्ट्रपति मुर्मूलाई ट्विटमार्फत बधाई तथा शुभकामना दिएका छन्।सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार मुर्मूले विपक्षी दलका यसवन्त सिन्हालाई पराजित गर्दै विजयी भएका हुन्।
जुलाई २४ तारिखमा राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल सम्पन्न भएपछि विजयी मुर्मूले जुलाई २५ तारिखमा राष्ट्रपतिको पदभार सम्हाल्ने छिन् । उनी भारतको पहिलो आदिवासी महिला राष्ट्रपति समेत बनेकी छिन्।















