मेडिसिटी अस्पतालका चिकित्सकको चरम लापरवाहीका कारण बुवाको निधन भयको भन्दै परिवारद्धारा कारवाहीको माग

केन्द्रभाग मिडिया

पोखरा ।
चिकित्सकको गम्भीर लापरवाहीका कारण बुवा योगेन्द्रबहादुर बस्नेतकोे निधन भएको भन्दै परिवारले दोषीमाथि कारवाहीको माग गरेको छ ।

बुधबार पोखरामा पत्रकार सम्मेलन गर्दै छोरा समिरबहादुर बस्नेतले काठमाडौंको नख्खुस्थित नेपाल मेडिसिटी हस्पिटल र अस्पतालमा कार्यरत चिकित्सकको लापरवाहीका कारण बुवाको निधन भएको आरोप लगाएका छन् ।

उपचारमा संलग्न डा. सुनिल शर्माले उपचारमा लापरवाही गरेको समिरिले आरोप लगाए । उनले विरामीको उपचारमा गम्भिर लापरवाही गर्ने दोेषीमाथि कडा कारवाहीको माग गरेका छन् । । जेठ २२ मा पित्तथैलीको अप्रेशन गरिएका शिक्षासेवी बस्नेतको गत जेठ २५ गते मृत्यु भएको थियो ।

हस्पिटलका डा. जयन्द्र बज्राचार्यको नेतृत्वमा छानविन समिति गठन गरिएपनि ४२ दिन बितिसक्दा समेत मृत्युको कारण र राम्रो संग छानबिन समेत हुन नसकेको भन्दै उनले घटनाको सत्यतथ्य छानबिन गरी दोषिलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग गरे ।

छानबिनका लागी असार ६ गते निवेदन दिए पश्चात हस्टिलले ३ जना डाक्टरलाई निलम्बन गरी अनुसन्धान अगाडि भनिएपनि आफूहरुले पटक पटक ताकेता गर्दा समेत अहिलेसम्म कुनैपनि जानकारी नगराईएको र घटनाबारे जानकारी लिन खोज्दा छानबिनमा संलग्न डा. बज्राचार्य र डा. नीलमणि उपाध्याय सम्पर्कमा नै आउन नखोज्नुले हस्पिटल प्रशासनले घटनालाई दबाउन खोजिएको बस्नेतले आरोप लगाए ।

मेडिकल काउन्सिलमा असार २८ मा छानबिनका लागि उजुरी दर्ता गराएपनि काउन्सिलका अध्यक्ष डा. कृष्ण अधिकारीले अस्पतालाई उजुरीबारे जानकारी गराईएको र छानबिनका लागि लामो समय लाग्ने बताएको उनले पत्रकार सम्मेलनमा जानकारी दिए । अस्पतालमा चरम लापरवाही रहेको भन्दै बस्नेले चिकित्सक र अस्पतालको व्यवहार सुधारमा समेत कसैको ध्यान नगएको गुनासो गरे । बस्नेतले अस्पतालमा गम्भिर लापरवाही रहेकाले अस्पताल पुग्ने विरामीका आफन्तलाई सचेतता अपनाउन सुझाव दिए ।

  • ४ श्रावण २०७९, बुधबार १४:५५ प्रकाशित