दाङ ।
रोल्पामा माओवादी केन्द्रका कार्यकर्ताले प्रहरी हवल्दारमाथि कुटपिट गरेका छन्।
त्रिवेणी गाउँपालिका वडा नं। ७ अँधेरीखोलामा हिजो(मंगलबार) बेलुका ७ बजेतिर सोही ठाउँका प्रहरी हवल्दार रामबहादुर बाँठालाई माओवादी कार्यकर्ताले कुटपिट गरेका हुन्।
प्रहरी हवल्दार बाँठाको निधारमा चार वटा टाँका लगाउनु परेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार उनको टाउको तथा शरीरका विभिन्न भागमा घाउ खत तथा निलडाम छन्।
घर बिदामा जाँदै गरेका प्रहरी हवल्दार बाँठामाथि स्थानीय माओवादी कार्यकर्ता खिम विक्रम केसीको समूहले कुटपिट गरेका हुन् ।
उनीमाथि कुटपिट तथा आक्रमण गर्ने सबैले मदिरा सवेन गरेको बताइएको छ ।













