आज युरो,पाउण्ड, डलर लगायतको भाउ कति छ ? सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार पनि युरो र पाउण्डको भाउ हिजोको तुलनामा अझै बढेको छ ।

आज एक बेलायती पाउण्ड एकको खरिददर १५३ रुपैयाँ ३९ पैसा रहेको छ । हिजो भने एकको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६० पैसा रहेको थियो ।

यस्तै आज युरो एकको खरिददर १३० रुपैयाँ ८६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४७ पैसा रहेको छ । हिजो भने एक युरोको खरिददर १२९ रुपैयाँ ६० पैसा र बिक्रीदर १३० रुपैयाँ २१ पैसा रहेको थियो।

आज एक डलरको खरिददर १२७ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२८ रुपैयाँ २१ पैसा रहेको छ ।भने एक अस्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ०१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४२ पैसा रहेको छ ।

यस्तै सिंगापुर डलरको खरिददर ९१ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ०६ पैसा रहेको छ। १० जापानी येनको खरिददर ९ रुपैयाँ २७ पैसा र बिक्रीदर ९ रुपैयाँ ३२ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १९ रुपैयाँ ०२ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३४ रुपैयाँ १४ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८८ पैसा र बिक्री दर ३५ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिटको १ को खरिददर २८ रुपैयाँ ६८ पैसा र बिक्रीदर २८ रुपैयाँ ८१ पैसा रहेको छ ।

 

  • ४ श्रावण २०७९, बुधबार ०९:५२ प्रकाशित