गण्डकी सरकारले पोखरामा रोजगार मेला आयोजना गर्दै

केन्द्रभाग मिडिया

गण्डकी प्रदेश सरकारले रोजगार मेला आयोजना गदैँछ। शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले सिप, क्षमता, दक्षता भएर पनि बेरोजगार रहेकालाई लक्ष्य गरी मेला आयोजना गर्न लागेको हो । साउन ६ देखि ८ गतेसम्म आयोनजा गरिएको छ ।

मंगलबार पत्रकार सम्मेलन गदै मन्त्रालयले मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । पोखरा प्रदर्शनी केन्द्रमा आयोजना हुने मेलाले प्रदेशमा बेरोजगारी समस्या समाधान लागि सहयोग पुग्ने आशा गरिएको छ ।

शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले मेलाबाट व्यावसायिक तालिम लिन चाहने विद्यार्थीलाई जानकारी, मेलाले अध्ययन तथा तालिम पूरा गरेकालाई रोजगारी रअवसर प्राप्त नगरेका नागरिकका लागि तत्कालै उपयुक्त वातावरण निर्माण गर्ने र भविष्यको लागि पनि रोजगारदाताको सम्पर्कमा रहने बाटो तयार जानकारी दिए ।

मेलाले २०० भन्दा बढी बेरोजगार युवालाई रोजगारी दिन सक्ने र कम्तीमा एक हजार जनाले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको पात्रकार सम्मेलनमा जानकारी दिइयो । मेलाबाट व्यावसायिक तालिम लिन चाहने विद्यार्थीलाई पर्याप्त जानकारी दिने समेत प्रदेश सरकारको लक्ष्य छ।

 

  • ३ श्रावण २०७९, मंगलवार १९:२८ प्रकाशित