गण्डकी प्रदेशका ४० सहित देशभर ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।
३ हजार ३२८ जनामा गरिएको नमुना परीक्षणमा आरटी पीसीआर विधिबाट २६८ जनामा र एन्टिजेन विधिबाट ८९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।यससँगै कोरोनाको सक्रिय संक्रमितको संख्या १९८२ पुगेको छ । सो अवधिमा ६२ जना निको समेत भएका छन् ।
पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भने भएको छैन । यता कास्कीमा ३०, नवलपरासीमा २ र स्याङ्जाका ८ गरि गण्डकी प्रदेशमा ४० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।















