आज इन्जिनियर दिवस : उत्कृष्ट इन्जिनियर र संस्थालाई सम्मान गरिंदै

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज ६० औं इन्जिनियर दिवस। देशभर इन्जिनियर दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाईदैंछ । नेपाल इन्जिनियर्स एसोसिएसनले प्रज्ञा भवन कमलादीमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको समेत उपस्थितिमा हुने समारोहमा राष्ट्रका लागि उत्कृष्ट योगदान पुर्‍याउने इन्जिनियर र संस्थाहरुलाई सम्मान समेत गरिनेछ ।

एसोसिएसनका केन्द्रीय सदस्य अनुपम पराजुलीका अनुसार कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, इन्टरप्रेनरसिप अवार्ड, शहीद नवराज विष्ट मेमोरियल अवार्ड, युथ प्रोफेसनल अवार्ड, महिला इन्जिनियर अवार्ड, इन्जिनियरर्स एप्रिसियसन अवार्ड र बेस्ट इन्नोभेसन अवार्ड वितरण गरिने छ ।

आज दिउँसो २ बजेपछि भने फोहोरको दीर्घकालीन व्यवस्थापन र स्थानीय सरकारमा सूचना प्रविधिको प्रयोग सम्बन्धी विषयमा छलफल हुने छ । साँझ ५ बजेपछि सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

  • ३ श्रावण २०७९, मंगलवार ०९:३९ प्रकाशित