काठमाडौं ।
अखिल नेपाल फुटबल संघ ९एन्फा०को कार्यसमिति आज ९सोमबार० बस्दैछ । एन्फाको कार्यतालिका अनुसार विभिन्न १२ एजेन्डामा छलफल हुने भएको छ । जसअनुसार एजेन्डा नम्बर ७ मा विभिन्न पदमा नियुक्ति सम्बन्धमा रहेको छ ।
आजको कार्य समिति बैठकमा तीन उपमहासचिव नियुक्त हुनेछ । त्यसमा प्रथम उपमहासचिवमा गणेश थापाका छोरा गौरव थापालाई नियुक्त गर्ने तयारी रहेको छ । आजको कार्यसमिति बैठकबाट एन्फा प्रवक्तामा सुरेश शाहलाई नियुक्त गर्ने तयारी रहेको एन्फाले जनाएको छ ।
आजको बैठकमा महिला साफ च्याम्पियनसिप र एनएसएल सम्बन्धी मुख्य एजेन्डा रहेका छन् । साउन २ गते बस्ने कार्यसमिति बैठकमा एन्फाले नियुक्ति र पदपूर्तिसम्बन्धी मुख्य योजना बनाएको छ ।
महिला साफ काठमाडौँमा आयोजना हुँदैछ । त्यसका लागि एन्फाले स्थान र समय निर्धारणदेखि लिएर टिम कोच र टिम म्यानेजर नियुक्तिलाई पूर्णता दिनेछ । त्यस्तै सी डिभिजन लिग र दैनिक फुटबल प्रशिक्षण सम्बन्धमा पनि एजेन्डा बनाएको छ । एन्फाको कार्यसमिति बैठकमा उप–महासचिव नियुक्त गर्ने कार्य पनि रहेको छ ।