नयाँ पार्टी खोल्दैँ बाबुराम

केन्द्रभाग मिडिया

काठमाडौं ।

जनता समाजवादी पार्टी ९जसपा० संघीय परिषद्का अध्यक्ष डा।बाबुराम भट्टराईले नयाँ पार्टी खोल्ने भएका छन् । जसपाको पुनर्गठनका लागि आह्वान गरेका भट्टराईले अन्ततस् आफ्नै नेतृत्वमा नयाँ पार्टी गठन गर्ने गृहकार्य सुरु गरेको बताइन्छ ।

जसपाको वीरगञ्जमा बसेको केन्द्रीय समितिको बैठकले अध्यक्ष भट्टराईसहित नौजनालाई पार्टीबाट कारबाही गरेको छ । सो कारबाहीलाई खारेज गर्दै अध्यक्ष भट्टराईले असार ३० गते एक विज्ञप्ति जारी गरी जसपा पुनर्गठन गर्न आह्वान गरेका थिए । जसपालाई नै पुनर्गठन गर्ने आह्वान गरेपनि उनले भित्रैभित्रै नयाँ पार्टी गठनको तयारी सुरु गरिसकेको स्रोतले जनाएको छ ।

बाबुराम पक्षका एक नेताको अनुसार शनिबारको बैठकले नयाँ पार्टी नै बनाएर अगाडि बढ्ने निर्णय भइसकेको छ । कस्तो पार्टी बनाउने त्यसको बारेमा कुरा टुंग्याउन बाँकी रहेको जनाइएको छ ।

पार्टीको नामदेखि विधानबारेमा भोलि बस्ने बैठकले तय गर्ने बताइएको छ । निर्वाचनको मुखमा नयाँ पार्टी दर्ता गराउन आयोगले नमाने यसअघि निर्वाचन आयोगमा दर्ता भएको पार्टीलाई नै प्रयोगमा ल्याउने बाबुरामको तयारी छ ।

  • १ श्रावण २०७९, आईतवार १६:१० प्रकाशित