कालो धनलाई सेतो बनाउने उदेश्यले गर्भनरमाथि हमला भइरहेको छ : शंकर पोखरेल (भिडियोसहित)

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमालेका महासचिव शंकर पोरेललले कालो धनलाई सेतो बनाउन सरकार पक्षले हल्ला चलाएको बताएका छन् । गर्भनर महाप्रसाद अधिकारीलाई राजनीतिक आवद्धताका आधारमा हटाउन सकिन्छकी भन्ने योजना बनाउनेहरुले यो बहस गरिरहेका छन् ।

उनले भने, जबकी यो वहस भित्र कालो धनलाई सेतो बनाउने उदेश्य लुकेको छ, राष्ट्रका मामिलामा यती ठुलो गम्भिर अपराध गर्न मिल्छ । महासचिव पोखरेलले यो सामान्य विषय नरहेर असाधरण घटना रहेको बताए ।

एम अधिकारीका बारेमा काठमाडौंमा रहेका सञ्चारमाध्यमले अनावश्यक हल्ला मच्चाएको उनको भनाई छ । “एमालेले वक्तव्य जारी गरिसकेपछि आधिकारिक त्यही हो तर राजधानीका न्युज कारखानाले तपाईंहरुलाई पनि प्रभाव पारेको छ । एमालेले औपचारिकरुपमै विज्ञप्ति जारी गरिसकेपछि धारणा नै त्यही हो । यो प्रायोजित समाचार हो । गभर्नरमाथिको आक्रमण हो । ”

https://www.facebook.com/KendraKhabar/videos/596158472221369

 

  • १ श्रावण २०७९, आईतवार ११:०१ प्रकाशित