पोखरा ।
पत्रकारहरुको एक भेलाले स्वास्थय पत्रकार मञ्च गण्डकी प्रदेश तदर्थ समिति गठन गरेको छ । समितिको अध्यक्षमा यदुनाथ बञ्जारा चयन भएका छन् ।
पत्रकार महासंघ गण्डकी प्रदेश समितिको सचिव समेत रहेका बञ्जाराको अध्यक्षतामा सर्वसम्मत गठित कार्यसमितिको उपाध्यक्षमा सुरज श्रेष्ठ, सचिवमा अनिसा श्रेष्ठ, कोषाध्यक्षमा पुष्प दाहाल चयन भएका छन् । सदस्यहरुमा रिना थापा, विन्दु परियार र निरज पन्त चयन भएका छन् ।
निर्वाचित कार्यासमितिलाई बधाई दिँदै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका महासचिव गोविन्द सुवेदीले स्वास्थ्य क्षेत्रमा रहेका विकृति विसंगतिको उजागर र सर्वसुलभ स्वास्थ्यका लागि खवरदारी गर्न जरुरी रहेको बताए । पत्रकार स्थायी प्रतिपक्षी रहेकाले यो वा त्यो कारणले प्रभावित हुन नहुने उनले बताए ।
नवनिर्वाचित अध्यक्ष बञ्जराले स्वास्थ्य क्षेत्रमा रहेका विकृति विसंगतिका विरुद्ध सशक्त कलम चालउने र स्वास्थ्य क्षेत्रमा कलम चलाउने पत्रकारलाई धेरैभन्दा धेरै समेटेर उनीहरुको हकहितमा काम गर्ने प्रतिवद्धता जनाए ।
पत्रकार शिवराज बस्ताकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ गण्डकीका सदस्य सुनिल पाण्डे र पर्शुराम शर्मा, पत्रकार ओम हमाल, सन्देश श्रेष्ठ, ऋषि खतिवडा, रञ्जन अधिकारी, प्रलादचन्द्र घिमिरे लगायतले बोलेका थिए ।














