आयल निगमलाई रकम दिदैं सरकार

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले घाटामा रहेका बताउँदै आएको नेपाल आयल निगमलाई सरकारले रकम उपलब्ध गराउने भएको छ ।

पेट्रोलियम पदार्थमा करबापत मूल्य समायोजन भएको रकम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत नेपाल आयल निगमलाई उपलब्ध गराउने शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो ।

यस्तै, सुशासन विधेयक पारित गर्ने र सुशासन आयोग गठन गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले विश्वव्यापी व्यापारका लागि सहायता पुनरावलोकन कार्यक्रममा नेपाल सहभागी हुने निर्णय गरेको छ ।

यसैगरी नेपाल–तिब्बत व्यापार सहजीकरण समितिको बैठकमा नेपाल सहभागी हुने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले गरेको छ । बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय गाडीलाई छुट दिनेलगायत विकल्प प्रयोग गर्ने निर्णय पनि गरेको छ ।

  • ३१ असार २०७९, शुक्रबार १५:०१ प्रकाशित