गभर्नरले नैतिक रुपमा राजीनामा दिनुपर्छ : प्रधानमन्त्री देउवा

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् ।

सत्तागठबन्धनको शुक्रबार बालुवाटारमा बसेको बैठकमा नेताहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री देउवाले अधिकारीले नैतिक रुपमा राजीनामा दिनपर्ने बताएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एम अधिकारीको नाम अर्थ तथा योजना विभागको सदस्यमा राखेपछि गभर्नर अधिकारी विवादमा तानिएका हुन् ।

  • ३१ असार २०७९, शुक्रबार १२:५८ प्रकाशित