संख्या नपुग्दा जसपा फुटाउने बाबुरामको सपना चक्नाचुर : यादव

केन्द्रभाग मिडिया

वीरगञ्ज ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले डा.बाबुराम भट्टराईको पार्टी फुटाउने सपना चक्नाचुर भएको बताएका छन् ।

बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार वीरगञ्चमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले पार्टी फुटाउन गुट भेला गरे पनि संख्या नपुग्दा बाबुरामको सपना चक्नाचुर भएको बताएका हुन् ।

पार्टी फुटाउने षडयन्त्र थियो, संख्या नभएर आफैं परास्त हुनुभयो । आफ्नो गुटको बैठक बोलाउनु भयो, यो गलत थियो ‘ उनले भने, ‘ पार्टी विधानविपरीत कार्य गरेर अर्को जसपा दर्ता गराउने सपना चक्नाचुर भएको छ । प्रयास असफल भएको छ ।’

भट्टराईले जसपाबाट अलग्गिने तयारी स्वरुप आफु गुटको छुट्टै भेला तथा बैठक र छलफल तिव्र पारेका छन् ।

  • ३१ असार २०७९, शुक्रबार १०:३६ प्रकाशित