यमबुद्धको शालिक बनाउने निर्णय स्वागतयोग्य : विष्णु पौडेल

केन्द्रभाग मिडिया

sf7df8f}F, !% sflQs-/f;;_M /fli6«o ;dfrf/ ;ldlt-/f;;_nfO{ cGt/jftf{ lbg] qmddf lvlrPsf] cy{dGqL lji0f' kf}8]nsf] t:jL/ . t:jL/ M k|bLk/fh jGt,/f;;

काठमाण्डौ ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले र्‍याप गायक यमबुद्धको शालिक बनाउने काठमाण्डौ महानगरपालिकाको निर्णय स्वागतयोग्य रहेको बताउनु भएको छ ।

सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उनले ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र आ–आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो । तसर्थ, नेपाली माटोमा जन्मिएका हिपहप गायन विधाका विख्यात नक्षत्र यम बुद्धको प्रतिमा (शालिक) निर्माण गर्ने काठमाण्डौ महानगरपालिकाको निर्णय स्वागतयोग्य छ ।’

महानगरपालिकाले यमबुद्धको शालिक बनाउन बजेट छुट्याएको समाचार सार्वजनिक भए लगत्तै आलोचना भएको थियो । आलोचना पछि मेयर बालेन्द्र शाहले आफ्नै तलबबाट शालिक बनाउने घोषणा  गरेका थिए ।  यसको पनि अहिले आलोचना भइरहेको छ ।

  • ३० असार २०७९, बिहीबार ११:२० प्रकाशित