आकस्मिक भारत भ्रमणमा जाँदै प्रचण्ड

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अचानक भारत भ्रमण जान लागेका छन् । प्रचण्ड भोलि भारत भ्रमणमा जान लागेको उनको सचिवालयले जनाएको छ ।

प्रचण्डको सचिवालयको अनुसार भारतीय सत्तारुढ दल भाजपाको निमन्त्रणमा उनी भोलि त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । भ्रमणका क्रममा प्रचण्डले उच्चस्तरीय राजनीतिक भेटवार्ता पनि गर्ने बताइएको छ । स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि प्रचण्डको भेटवार्ताको चाजोपाँजो मिलाइँदैछ ।

अध्यक्ष प्रचण्ड साउन १ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

  • ३० असार २०७९, बिहीबार १०:०१ प्रकाशित