कांग्रेस बैठक आज पनि बस्दै

केन्द्रभाग मिडिया

file photo

काठमाडौं ।

नेपाली कांग्रेसको सोमबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे बैठक बस्ने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । आजको बैठमा केन्द्रीय सदस्यहरूले उठाएको प्रश्नको पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले जवाफ दिनेछन् ।

देउवा नेतृत्वको सरकार एक वर्ष पुगेको अवसरमा नेताहरूले सरकारबारे प्रश्न गरेका थिए । ती प्रश्नको मन्त्रीहरूले आज जवाफ दिनेछन्।

  • ३० असार २०७९, बिहीबार ०९:४८ प्रकाशित