आज कुन मुद्रा घट्यो, कुन बढ्यो (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

साताको पाँचौ दिन (बिहीबार) आज नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज एक डलरको खरिददर १२७ रुपैयाँ १२ पैसा र बिक्रीदर १२७ रुपैयाँ ७२ पैसा रहेको छ ।

यस्तै आज बेलायती पाउण्डको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५२ रुपैयाँ २० पैसा रहेको छ । हिजो पाउण्डको १५० रुपैयाँ ४७ पैसा र बिक्रीदर १५१ रुपैयाँ १८ पैसा रहेको थियो ।

यस्तो युरो एकको खरिददर १२७ रुपैयाँ ९० पैसा र बिक्रीदर १२८ रुपैयाँ ५० पैसा रहेको छ। एक अस्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७२ पैसा रहेको छ ।

यस्तै सिंगापुर डलरको खरिददर ९० रुपैयाँ ५२ पैसा र बिक्रीदर ९० रुपैयाँ ९५ पैसा रहेको छ। १० जापानी येनको खरिददर ९ रुपैयाँ २८ पैसा र बिक्रीदर ९ रुपैयाँ ३२ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३४ रुपैयाँ०४ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६४ पैसा र बिक्री दर ३४ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिटको १ को खरिददर २८ रुपैयाँ ६५ पैसा र बिक्रीदर २८ रुपैयाँ ७९ पैसा रहेको छ ।

  • ३० असार २०७९, बिहीबार ०९:२४ प्रकाशित