काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)नेकपा एमालेका अध्यक्ष केपी शर्मा आलीलाई भेट गरेका छन् ।
हिजो (बुधबार) साँझ ओली निवास बालकोटमै पुगेर बालेनले ओलीलाई भेट गरेका हुन् । भेटको क्रममा अध्यक्ष ओलीले बालेनलाई तबला उपहार दिएका छन् । भेटवार्तापछि ओलीले बालेनलाई तबला उपहार दिएको एमाले नेता कर्णबहादुर थापाले बताएका छन्।
ओली र बालेनबीच काठमाडौं महानगरको समग्र विकासका बारेमा छलफल भएको छ। बालेनले यसअघि महानगरमा आफ्नो जित सुनिश्चित भएपछि ओलीलाई बालकोट नै पुगेर भेटेका थिए ।














