पार्टीलाई पहिलो बनाएर योग्य मान्छेलाई पार्टी जिम्मा लगाउने चाहना छ : देउवा

केन्द्रभाग मिडिया

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी चुनावमा पार्टीलाई पहिलो बनाएर योग्य मान्छेलाई पार्टी जिम्मा लगाउन चाहेको बताएका छन् । काँग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै देउवाले यस्तो बताएका हुन् ।

आफूलाई शेखर कोइराला पक्षका नेताहरुले असहयोग गरेको पनि उनले बताए । कोइराला पक्षले आफूविरुद्ध भेला गर्दै पार्टी प्यालेस चहारेको भन्दै देउवाले आक्रोशसमेत पोखे । भेला आयोजना गर्ने भए पार्टी कार्यालयमै गर्न पनि उनले सुझाव दिए ।

देउवाले आफूलाई असहयोग जारी रहे तेस्रो पटक पनि पार्टी सभापति बन्ने चेतावनी दिएका छन् ।

‘तपाईँहरुले मलाई काम गर्न दिनु भएन भने पार्टीको विधान संशोधन गरेर मैले तेस्रो पटक सभापति उठ्नुपर्ने अवस्था आउन सक्छ’, देउवाले भने ।

बैठकमा बोल्दै कोइराला पक्षीय केन्द्रीय सदस्य सञ्जय गौतमले गठबन्धन गर्दा पार्टी हार्ने धारणा राखेपछि देउवा कड्किएका थिए ।

  • २९ असार २०७९, बुधबार १९:३७ प्रकाशित