काठमाडौँ ।
नेपाल नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधि सभामार्फत अघि बढेको छ । बुधबार बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पेस गरेका हुन् ।
त्यसअघि प्रेम सुवाल, शेरबहादुर तामाङ र भीम रावलले नागरिकता विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि नै बिरोधको सूचना राखेका थिए । तर, उनीहरुको बिरोधको सूचना बहुमतले अस्विकृत भएको थियो ।
सरकारले २०७५ सालमै ल्याएको नागरिकता विधेयक दुई वर्ष प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भएर सदनमा फर्किएको थियो














