काठमाडौं ।
नेपाली काँग्रेसको सोमबारदेखि जारी केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ ।
पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, सानेपामा जारी बैठकको दोस्रो दिन मंगलबार सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले मर्यादाक्रम निर्धारण सम्बन्धी मस्यौदा छलफलका लागि प्रस्तुत गरेका थिए ।
पार्टीमा स्थानीय तहको निर्वाचनको समीक्षा, नयाँ भ्रातृ संघ संगठनको विधानसहित विविध विषयमा छलफल भइरहेको छ ।














