पोखरा।
साताको चौथो दिन (बुधबार) आज डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज एक डलरको खरिददर १२७ रुपैयाँ ०६ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६६ पैसा रहेको छ ।
हिजो (मंगलबार) एक डलरको खरिददर १२६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १२७ रुपैयाँ ४१ पैसा रहेको थियो । यस्तै आज बेलायती पाउण्ड एकको खरिददर १५० रुपैयाँ ४७ पैसा र बिक्रीदर १५१ रुपैयाँ १८ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५२ रुपैयाँ १३ रहेको थियो।
आज यूरोको भाउ पनि घटेको छ । आज युरो एकको खरिददर १२७ रुपैयाँ २३ पैसा र बिक्रीदर १२७ रुपैयाँ ८३ पैसा रहेको । हिजो १२८ रुपैयाँ १४ पैसा र बिक्रीदर १२८ रुपैयाँ ७४ पैसा रहेको थियो ।यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ४८ पैसा र बिक्रीदर ८५ रुपैयाँ ८८ पैसा रहेको छ । हिजो एक अस्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ०७ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४७ पैसा रहेको थियो ।
यस्तै सिंगापुर डलरको खरिददर ९० रुपैयाँ ३० पैसा र बिक्रीदर ९० रुपैयाँ ७२ पैसा रहेको छ। १० जापानी येनको खरिददर ९ रुपैयाँ २८ पैसा र बिक्रीदर ९ रुपैयाँ ३२ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३४ रुपैयाँ०४ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६३ पैसा र बिक्री दर ३४ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिटको १ को खरिददर २८ रुपैयाँ ६४ पैसा र बिक्रीदर २८ रुपैयाँ ७७ पैसा रहेको छ ।