एजेन्सी ।
गोली प्रहारबाट हत्या गरिएका जापानी पूर्वप्रधानमन्त्री शिन्जो आबेको अन्तेष्टि आज हुने भएको छ । आबेको अन्त्येष्टि मंगलबार टोकियोको एक बौद्ध मन्दिरमा कडा सुरक्षाबीच गरिने भएको छ ।
जापानमा लामो समय प्रधानमन्त्री बनेका आबेको गत शुक्रबार चुनावी भाषण् दिने क्रममा गोली हानी हत्या भएको थियो । ६७ वर्षको उमेरमा निधन भएका आबेलाई श्रद्धाञ्जली दिन सोमबार साँझ गर्मीको पर्बाह नगरी ठूलो संख्यामा मानिस उपस्थित भएका थिए । शुक्रबार घरेलु बन्दुक बोकेका एक व्यक्तिले उनको हत्या गरेका थिए ।
बन्दुक बनाउन आक्रमणकारीले युट्युबको सहयोग लिएको बताइन्छ । उनको हत्यापछि जापान स्तब्ध बनेको छ ।