बागलुङमा पनि भेटिए डेंगुका संक्रमित

केन्द्रभाग मिडिया

गलकोट ।

बागलुङमा पनि डेंगु संक्रमित भेटिएका छन् । बागलुङमा दुई जनामा डेंगु संक्रमण पुष्टि भएको जिल्ला अस्पताल धवलागिरीले जानकारी दिएको छ । गर्मीबढेसंगै जिल्लामा डेंगुको जोखिम देखिन थालेको हो ।

धवलागिरि अस्पतालमा उपचार गर्न पुगेका एक महिला र एक पुरुषमा लक्षण देखिए पछि परीक्षण गर्दा डेंगु पुष्टि अएको अस्पताका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा शैलेन्द्र बि पोखरेलले जानकारी दिए ।

उनीहरू शनिबार र आइतबार अस्पताल भर्ना हुन आएका थिए । सङ्क्रमित बागलुङ नगरपालिका वडा नं ७ का र ९ रहेका छन् । ती बिरामीको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ ।

  • २८ असार २०७९, मंगलवार १०:५५ प्रकाशित