श्रीलंकामा इन्धन र ग्याँस वितरण थालियो

केन्द्रभाग मिडिया

श्रीलंका ।

चरम संकटबाट गुज्रिएको श्रीलंकामा इन्धन र ग्याँस वितरण सुरु भएको । आर्थिक संकटलाई लिएर आन्दोलन चर्किरहेको बेला श्रीलंकाका केही भागहरूमा सीमित इन्धन र ग्यास पुनः वितरण सुरु भएको हो ।

सोमबार राजधानी कोलम्बोमा ग्यास भर्ने स्टेसनहरू र सामुदायिक केन्द्रहरूमा लामो लाइन देखिएको प्राप्त विवरणहरूमा जनाइएको छ । महिनौँदेखि इन्धन, खाद्यान्न र अन्य आधारभूत सामग्रीको अभाव झेलिरहेका सर्वसाधारणले थोरै भए पनि राहत पाएका छन् ।

श्रीलंकाले सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछि अहिलेसम्मकै ठूलो आर्थिक संकट सामना गरेको छ । अत्याधिक मुद्रास्फीतिले मूल्यवृद्धि गरेको छ । देशको विदेशी मुद्रा सञ्चिति सबै सकिएको छ ।

  • २८ असार २०७९, मंगलवार १०:३६ प्रकाशित