काँग्रेस बैठक : निर्वाचन परिचालन र प्रचार समितिको प्रतिवेदन पेश

केन्द्रभाग मिडिया

file photo

 काठमाडौं ।

नेपाली काँग्रेसको केन्द्रीय कमिटीको बैठकमा निर्वाचन परिचालन समिति र प्रचार समितिको प्रतिवेदन पेश भएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कमिटीको बैठकमा निर्वाचन परिचालन समिति र प्रचार समितिको प्रतिवेदन पेश भएको हो ।

बैठकमा स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक तथा पार्टी उपसभापति पूर्णबहादुर खड्का र प्रचार समितिका संयोजक डा प्रकाशशरण महतले प्रतिवेदन पेश गरेका थिए ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबारे केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखिरहेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार ७ वटै प्रदेशका सभापतिले धारणा राखिरहेका छन् ।

पार्टी कार्यालय भित्र बैठक चलिरहँदा असन्तुष्ट बनेको शेखर कोइराला पक्षले भने बाहिर नाराबाजी सहित प्रर्दशन गरेका छन् । उनीहरुले भ्रातृ संस्थाका कार्यसमितिलाई पूर्णता दिन माग गर्दै प्रर्दशन गरेका हुन् ।

  • २७ असार २०७९, सोमबार १६:४७ प्रकाशित