संवैधानिक परिषद विधेयक फिर्ता हुनुपर्छ : डा. कोइराला

केन्द्रभाग मिडिया

संवैधानिक परिषद विधेयक फिर्ता हुनुपर्छ : डा. कोइराला

काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संवैधानिक परिषदसम्बन्धी विधेयक फिर्ता हुनुपर्ने बताएका छन् ।

पार्टी कार्यालय, सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. कोइरालाले भने, ‘संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउँदा ओली सरकारको विरोध गरेका थियौं । हामीले त्यो बेला विरोध गरेको अध्यादेश विधेयकका रुपमा ल्याउनु गलत छ । यो फिर्ता हुनुपर्छ ।’

सरकारले हालै मात्र संवैधानिक परिषदसम्बन्धी विधेयक राष्ट्रिय सभा सचिवालयमा दर्ता गराएको छ ।

  • २७ असार २०७९, सोमबार १५:०२ प्रकाशित