काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह सर्वोच्च अदालत पुगेका छन्। उनी सोमबार दिउँसो रामशाहपथस्थित सर्वोच्च अदालत गएको जनाइएको छ ।
बागमती सरसफाइ सम्बन्धी मुद्धामा जवाफ दिनका लागि उनी सर्वोच्च गएका हुन्।अधिवक्ता प्रकाशमणि शर्मा, आलोक पोखरेल लगायतले काठमाडौं महानगरलाई विपक्षी बनाउँदै दायर गरेको रिटमा सोमबार न्यायाधीशहरु हरिकृष्ण कार्की र मनोजकुमार शर्माको इजालसमा सुनुवाई भइरहेको छ।
सोही सुनुवाइका क्रममा उठेका प्रश्नको जवाफका लागि बालेन्द्र अदालत गएका हुन्।














